आरपि उपाध्याय / नवलपरासी , ३१ भदौ
ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९ औं जन्मजयन्ती विनयी त्रिवेणी ७ बनकट्टीमा प्रभात फेरि सहित गाउँ परिक्रमा गर्दै हर्षोल्लासका साथ मनाइएको छ।
पुर्वी नवलपरासीको विनयी त्रिवेणी ७ मस्जिद टोल स्थित ईस्लामिया जामा मस्जिद संरक्षण संस्थाको आयोजनामा ईस्लाम धर्मका प्रवर्तक मोहम्मद साहेबको जन्मजयन्ती मनाइएको हो।
ईस्लामिया जामा मस्जिद संरक्षण संस्थाका अध्यक्ष मुनिर अन्सारीको अध्यक्षता तथा वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीको प्रमुख आतिथ्यतामा समारोह सम्पन्न भएको हो।
स्थानीय गाउँ बनकट्टीमा ठूलो सङ्ख्यामा उपस्थित नरनारी,युवायुवती तथा स्कुले बालबालिकाहरुले गाउँ परिक्रमा गर्दै मोहम्मद साहेबको उपदेश सहितको ब्यानर तथा प्लेकार्ड लिइ गाउँ परिक्रमा गरि स्थानीय करबल्लामा एकत्रित भइ उत्सव मनाएका थिए।

सो अवसरमा मौलाना अख्तर अन्सारीले ईस्लाम धर्मको विधि र प्रक्रिया बमोजिम रेलि सुरुवात गराउनु भएको संरक्षण संस्थाका कोषाध्यक्ष जमालुद्दिन अन्सारीले जानकारी दिनुभयो।
२०७९ साल माघ महिनामा स्थापना भएको संरक्षण संस्थाले कुरबानी इद उल अजहर लगायत विभिन्न धार्मिक पर्वहरु सामुहिक रुपले मनाउदै आएको जानकारी गराइएको छ।
त्यसैगरी विनयी त्रिवेणी कै वडा न.७ मा रहेको नेपाली मोहम्मदी जामा मस्जिदले पनि मोहम्मद जयन्तीको विशेष कार्यक्रम मनाएको थियो।

सो अवसरमा आयोजक संस्थाले विशेष कार्यक्रमका साथ उपस्थित जनसमुहको बिच मौलाना उस्मान गनिफ शेषले ईस्लाम धर्मको रिति अनुसार कार्यक्रमको शुभारम्भ गर्नुभएको स्थानीय इजरायल अन्सारीले जानकारी दिनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

