बिनोद निगम / नवलपरासी , ३१ भदौ
पश्चिम नवलपरासीका मुस्लिम धर्मावलम्बीहरुले शुक्रबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४९९ औं जन्म जयन्ती मनाएका छन्।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो अनुसार हिजरी सम्बतको रब्बीअव्ल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको उल्लेख छ।
मुस्लिम समुदायको बाहुल्यता भएको पाल्हिनन्दनमा पनि धुमधामका साथ हजरत मोहम्मद पैगम्बरको जन्मदिवस मनाइएको छ।
जिल्लाको विभिन्न चोकमा झन्डा, बेलुन, सिँगारिएका कर , गाडी, ट्याक्टरमा बाजा बजाएर नगर परिक्रमा गरेर मोहम्मदको जन्मोत्सव मनाइएको छ।

हजरत मोहम्मदको जन्मदिनको अवसरमा विभिन्न नाअत सरिफ वाचन गर्ने र उनका उपदेश, वाणीहरुको चर्चा गर्ने गरिन्छ। उनको जन्म जयन्तीको अवसरमा मुस्लिम समुदायका मानिसहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्ने गर्दछन्।
जुलुस कार्यक्रममा विभिन्न समाजसेवी,मदरसाका अध्यक्ष एवं प्रअ र विद्यार्थी तथा मुस्लिमहरूको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

