आरपी उपध्याय /नवलपरासी ३१ भदौ
पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ स्थित नेपाली सेनाको गोरखदल गण “ख” सुरक्षा बेस त्रिवेणी अन्तर्गत सामुदायिक सर्पदंस उपचार केन्द्रबाट उपचार कार्यलाई निरंतरता दिदै आएको छ।
गर्मीको समयमा बढी प्रकोप हुने सर्पले टोकेको बिरामीहरुलाई सामुदायिक सर्पडन्स उपचार केन्द्रबाट सफलता पुर्वक उपचार हुँदै आएको जानकारीमा आएको छ।
सिमापार भारत पश्चिमी चम्पारणको भैसालोटन, बगाहा,भेडिहारी र पुर्वी नवलपरासीको विनयी त्रिवेणी वडा न.६ र ७ सुस्ता प्रतापपुर,बर्दघाट,सरावल, पाल्हिनन्दन,रामग्राम नगरपालिकाबाट पनि सर्पले टोकेका बिरामीहरुको सफलता पुर्वक उपचार हुँदै आएको उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी अजब सिंह चौधरीले बताउनु भयो।
सर्पले टोकेका बिरामीलाई समयमै सर्पको पहिचान गरि उपचार केन्द्रमा पुर्याएर उपचार गर्न सकिए बिरामी पुर्ण रुपले स्वस्थ्य हुने तथा सर्पले टोकेको बिरामी निकै ढिलो समयपछि आउने केहि बिरामीलाई मात्र रिफर गरिएको उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी चौधरीले जानकारी दिनुभएको छ।
वर्षा र गर्मीको समयमा दैनिक जसो २ देखि ४ को सङ्ख्यामा सर्पले टोकेका बिरामी आउने तथा त्यसमध्ये बालबालिकाको सङ्ख्या बढी हुने बताइएको छ।
उपचार केन्द्रले दिएको जानकारी अनुसार २०८१ साल श्रावण महिनामा ६८ बिरामी उपचारको लागि आएकोमा ९ बिरामी बिषालु सर्पले टोकेको र ५९ बिरामी कम बिषालु सर्पले टोकेकोमा २ बिरामी रेफरपछी मृत्यु भएको बताइएको छ।
भाद्र महिनाको २८ गतेसम्म ५७ जना बिरामी उपचारको लागि आएकोमा १ को मृत्यु भएको थियो भने अन्य बिरामी निको भएको पनि जानकारीमा आएको छ।
लामो समय पुर्वदेखी नेपाली सेनाको त्रिवेणी सुरक्षा बेसबाट सर्पडन्सको उपचार कार्य हुँदै आएको थियो भने २०६२ सालदेखि बिरामीको उपचार सम्बन्धि विधि पुर्वक अभिलेख राखी उपचार कार्य हुँदै आएको बुझिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

