राष्ट्रिय दैनिक / नवलपरासी ,३१ भदौ
मुस्लिम धर्मावलम्बीका धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मदिनकाे अवसरमा मदरसामा अध्यनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएकाे छ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ पुर्नहामा अवस्थित मदरसा इस्लामिया हबिबुल ओलममा अध्यनरत ४२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएकाे हाे ।

मदरसाकाे अध्यक्ष दरबारी मुसलमानकाे अध्यक्षता तथा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनकाे प्रमुख आतिथ्यतामा एक कार्यक्रम बिच शैक्षिक सामाग्री वितरण तथा मोहम्मद जयन्तीको अवसरमा शुभकामना आदानप्रदान गरिएको मदरसा अभिभावक संघ अध्यक्ष जाहिर खानले बताउनुभयो ।

शैक्षिक सामाग्री वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै उपाध्यक्ष हरिजनले मोहम्मद जयन्तीको अवसरमा रचनात्मक काम गरेर राम्रो सन्देश दिएको बताउनुभयो । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सानो सहयोगले पनि ठुलो राहत पुग्ने बताउनुभयो । मुस्लिम समुदायको अभिभावक अझै जागरुक हुनुपर्ने बताउदै विद्यार्थीकाे भविष्यकाे लागि स्रहनिय काम यश स्थानमा भएको हुनाले अगामी दिनमा यश मदरसाकाे सेवासुबिधाकाे पालिकाबाट पहल गर्ने बताउदै मोहम्मद जयन्तीको शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

त्यस्तै सरावल गाउँपालिका वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादवले मदरसा इस्लामिया हबिबुल ओलमकाे बिकासका लागि समितिले वडा र पालिकामा समयमै समन्वय गर्नुपर्ने बताउनुभयो । मदरसा समितिले रचनात्मक काम गरि मोहम्मद जयन्ती मनाइ रहेको प्रशंसा ब्यक्त गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

मदरसा इस्लामिया हबिबुल ओलमकाे आयाेजनामा आयाेजित शैक्षिक सामाग्री वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रममा समाजसेवी महेन्द्र चाैधरी , सुबास गुप्ता ,उमेश बि.क लगाएतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

