राजन कुमार बानिया / पर्सा ३० भदौं
पर्साको कालिकामाई गाउँपालिकाको १० औं गाउँसभामा सम्पन्न भएको छ । गाउँसभामामा हटाएको करारका कर्मचारी हरु लाई पुन्ह बहाली गर्न अडान लिएर वडा नं. २ का वडा अध्यक्ष सोनालाल चौरसियाले हस्ताक्षर गर्ने क्रममा म्यानुट बुक च्याती दिएको भएपनि केहि बेर तनाव पुर्ण भएको थियो। केहि देर पछी अर्को म्यानुट त्यारपारी बहुमत को अधार मा गाउँसभा सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष बशिष्ठ कुमार गुप्ताले बताए । उनले बिपक्षीहरुले म्यानुट च्यातेर गाउँसभा भाड्ने प्रयास गरेको भएपनि उनि हरु को योजना असफल भएको बताए ।
बिधिपूर्ण रुपमा भइरहेको गाउँसभामा वडा नं. २ का वडा अध्यक्ष सोनालाल चौरसियाले बिरोध जनाउँदै म्यानुट बुक च्यातेर सभा बिथोल्न खाजेको भएपनि उनको योजना असफल भएको सभामा सहभागी अध्यक्ष पक्षधर वडा अध्यक्षहरुले बताएका छन् ।
सम्पन्न भएको गाउँसभालाई उपाध्यक्ष राजमती वैरनी, वडा नं २ का वडा चौरसिया,वडा नं. ३ का वडा अध्यक्ष संजय पटेल,वडा नं. ४ का वडा अध्यक्ष संजय साह गोढ सहितका पक्षले बहिस्कार गरेका छन् ।
यता १४ महिना पहिला हटाएको १० करार कर्मचारी हरु लाई राखन अडान गरे पनी गाउँपालिका अध्यक्ष गुप्ता ले भने हटाएको कर्मचारी हरु पुन्ह बहाली गर्न नियम कानुनले नमिल्ने भएको जिगिर गर्दै भने अाउने दिन मा फेरी अर्को सुचना निकाली सोहि करारका कर्मचारी हरु लाई राखने भनेपनी बिपक्षी हरु नमाने र तनाव उतपन भएको थियो। निकासित कर्मचारीलाई काममा नफर्काइने गाउँसभाले पारित गरेको छ । सभाले ३४ करोड ८३ लाख १७ हजार ७ सय ४० रुपैया बराबरको बजेट पारित गरेको छ
चालुगत तर्फको बजेटमा वडा स्तरीय योजनाका लागि प्रत्येक वडालाई ८० लाख र उपाध्यक्ष स्तरीय योजनाका लागि १ करोड ४० लाख बराबरको बजेट गाउँसभाले छुटयाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले बताए । पालिका स्तरीय योजनाका भने लागि २ करोड १० लाख रुपैया बराबरको बजेट गाउँसभाबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

