Rashtriya Dainik

सशस्त्र प्रहरीद्वारा भारतबाट अबैध रुपमा ल्याएको कुखुरा नष्ट

संजय कुशवाहा / नवलपरासी ३० भदौ

भारतबाट चोरबाटो भएर नेपालतर्फ ल्याउँदै गरिएको अवैध बोइलर कुखुरा सशस्त्र प्रहरीले कुखुरा फेला पारी नियन्त्रण गरेको छ ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा न. ५ बन्कटी स्थितबाट  भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याउदै गरेको ४ क्विन्टल कुखुरा १ लाख ४० हजार मुल्य बराबरको बोइलर कुखुरा सशस्त्र प्रहरी वि ओ पी बलिनगरका सशस्त्र प्रहरी निरीक्षक सन्तोष सापकोटाको नेतृत्वमा खटिएकाे गस्ती टोलीले कुखुरा नियन्त्रणमा लिन सफल भएको हो ।

उक्त कुखुरा ल्याउदै गर्दा सशस्त्र प्रहरी टोलीलाई देखेर बेवारिसे अवस्थामा छाडी मानिस भागेका थिए ।
नियन्त्रणमा लिइएको कुखुरा महेशपुर पशु क्वारेन्टाइनका पशु प्राविधिक ,प्रहरी चौकी रामनगर , स्थानिय प्रतिनिधिहरूको रोहवरमा कुखुरा खाडल भित्र पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी २६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित