बिनोद निगम / नवलपरासी ,३० भदौ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वाड नं १ सालबास बस्ने बर्ष २७ की पार्वती चौधरीको माथि रुख ढलेर च्यापिदा मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार ३ बजेको समयमा सोही ठाउँमा रहेको सृष्टि सामुदायिक वन भित्र रहेको घोलामा श्रीमान सँगै माछा मार्ने गएकी क्रममा सुकेको सिसौको रुख ढली गर्दनमा चोट लागेको र उपचारको लागि चिसापानी अस्पताल बर्दघाट लगिएकोमा गएराति नै अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ।
मृतकलाई पोस्टमार्टमको लागि शब पृथ्वीचन्द्र अस्पताल परासीमा रहेको प्रहरीले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

