तुलसीराम पौडेल /छपिया, भाद्र ३०
रुपन्देहीको सियारी गाउँपालिका -४ छपिया स्थित लिलाधर घिमिरे छपिया जनता कलेजको १० औ साधारण सभा शनिबार सम्पन्न भयो । लुम्बिनी प्रदेश सभा माननीय तथा पुर्व शिक्षा मन्त्री वसिउद्दीन खाँले साधारण सभाको उद्दघाटन गर्नु भयो ।सो अवसरमा बोल्दै उहाँले जनता मेरा लागि भगवान भएकाले विकास निर्माणको लागि मलाई जनताको आग्रह होइन आदेश आवश्यक भएको बताउनु भयो ।मैले गरेका कार्यहरुको चर्चा होइन मैले नगरेका कामहरुको चर्चा गर्न जनतासग आग्रह गर्नुभयो ।साथै उहाँले कुट्टादेखी छपियाको बाटो कालोपत्र हुनेमा बिश्वास दिलाउनुभयो ।कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेलबासे , पुर्व संविधान सभा सदस्य सोनिया यादव ,गाउँपालिका उपाध्यक्ष तारा चौधरी , गाउँपालिका पुर्व अध्यक्ष अयोध्या थारु लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।त्यसै अवसरमा कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश माननीय तथा पुर्व शिक्षा मन्त्री वसिउद्दीन खाँले क्याम्पसको व्यावसायिक भवन ,लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेलबासेले कलेजको प्राङ्गण, पुर्व सम्बिधान सभा सदस्य सोनिया यादवले चमेना गृहको उदघाट्न गर्नुभएको थियोे ।

कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष गोपाल पाण्डेबाट अध्यक्ष प्रतिवेदन ,क्याम्पस प्रमुख लोक शर्मा बस्यालबाट वार्षिक प्रतिवेदन प्रस्तुत , कोषाध्यक्ष हरिबहादुर थापाबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । क्याम्पस शिक्षा संकाय प्रमुख कमला भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन प्राध्यापक छविलाल न्यौपानेले गर्नुभएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

