विनोद मण्डल /सिराहा,३०भदौ।
पछिल्लो समय सिराहा जिल्लाको विभिन्न पालिकाहरुमा जनप्रतिनिधिहरु कार्यालय समयमा नहुँदा आम जनताको काम एकातिर प्रभावित भएको छ भने अर्कोतिर जनप्रतिनिधिको कोठामा एसीयुक्त कोठा भएको कारण हाल वर्तमान अवस्थाको गर्मी छल्न सेवाग्राही जनप्रतीनिधि कार्यालयमा नहुँदाको फाईदा उठाउदै आएका छन् ।
सिराहा जिल्लाको एक पालिकाको प्रमुख कोठामा काम लिएर पुगेका सेवाग्राहीहरु टेबुलमा खुट्टा राखेर बसेको छ भने अर्कोतिर सोफामा पल्टिएर मोबाईल चलाईरहेको स्पष्ट देखिन्छ । उक्त समयमा पालिका प्रमुखको कुर्सी खाली देखिन्छ ।
कार्यालयमा प्राय जनप्रतिनिधि र कर्मचारीहरु कार्यालय समयमा भेटिन मुश्किल हुन थालेका छन । आम जनताको अमूल्य मतबाट निर्वाचित भएर खादा र माला लगाउनमा व्यस्त रहेको वर्तमान अवस्थामा जनताप्रति स्थानिय सरकारहरु उनुत्तरदायी भूमिकामा रहेपछि सिरहाका अधिकांश पालिकाहरुमा यस्ता दृश्यहरु देखिन थालेका छन ।
निकायमा आम जनताले वास्तविक स्थितिको बारेमा जानकारी गराउँदा सुनुवाई नभएर उल्टै राजनीतिक संरक्षणको बातावरण सिर्जना भएको कारण सार्वजनिक प्रशासन कमजोर बन्दै आएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

