Rashtriya Dainik

सुनवल ८ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ,४७५ जनाले गराए स्वास्थ परिक्षण

राष्ट्रिय दैनिक / नवलपरासी ,३० भदौ

पश्चिम नवलपरासीकाे सुनवल नगरपालिका वडा नम्बर – ८ सिरानटोलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

श्री लोकेश्वर बैरागनाथ खानेपानी तथा सरसफाइ उपभोक्त संस्थाको आयोजना र साझा हस्पिटल प्रालि बुटवल,डाक्टर विनोद निता कण्डेल आँखा अस्पताल परासीको सह– आयोजना तथा विभिन्न संघसंस्थाकाे सहयोगमा आँखा ,फोक्सो,मुटु,जोर्नी तथा नशा रोगको निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष गुप्त बहादुर केसीकाे अध्यक्षता तथा पुर्व गृहराज्यमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेलकाे प्रमुख आतिथ्यतामा भएको शिबिरलाई सम्बाेधन गर्दै नेता कण्डेलले स्वास्थ्य शिविरमा रोगको पहिचानका साथ परामर्श सेवा समेत हुने विश्वास व्यक्त गर्दै नगरवासीहरु स्वास्थ्य रहुन भन्ने आफ्नो चाहना रहेको बताउनुभयो । मानव जीवनमा धार्मिक निति नियम परम्पराले स्वास्थ्य बन्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । वहाँले स्वस्थ मानिसको विचार पनि स्वस्थ नै हुन्छ भन्ने धारण राख्नुभएको भयो ।साथै मानिसलाई फोहोरबाट सिर्जित हुने रोग लाग्ने बताउँदै आफ्नो टोल वरिपरि सरसफाईमा ध्यान दिनु जरुरी रहेको बताउनुभयो । मानिसले रोग लागेर अस्पताल धाउनु भन्दा रोग लाग्न नदिनु नै राम्रो हुने बताउँदै स्वस्थ्य हुन हामी सबैले सरसफाइ, आहार र व्यायममा ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो ।

सो अवसरमा संस्थाका अध्यक्ष गुप्त बहादुर केसीले स्वच्छ पानी पिऔं स्वस्थ जीवन जिऔ भन्ने नाराका साथ आफ्नो टोलवासी र नगरवासिहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना गराउने उद्धेश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो ।

एक दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा सुनवल नगरपालिकाकी नगर प्रमुख बिमला अर्यालको विशिष्ट अतिथ्यता, वडा जनप्रतिनिधि ,समाजसेवी,बुद्धिजीवीहरु लगाएतको उपस्तिथिमा सम्पन्न भएको शिविरमा ४६५ जनाले आखा परिक्षण र ४७५ जनाले स्वास्थ परिक्षण गराएका हुन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित