राष्ट्रिय दैनिक / नवलपरासी ,३० भदौ
नवलपरासी महिला प्रेस क्लबकाे अध्यक्षमा कल्पना खरेललाई सर्वसम्मत चयन हुनुभएको छ ।
स्थापना भएकाे ६ महिनाभित्र तदर्थ समिति विघटन गरि नयाँ कार्यसमिति चयन गर्नुपर्ने संस्थाकाे नियम अनुसार सनिवार भएकाे प्रथम साधारणसभा तथा अधिवेशनले खरेलकाे अध्यक्षमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हाे ।

जसकाे उपाध्यक्षमा सितमती हरिजन, सचिवमा अन्जु सहानी, काेषाध्यक्षमा आरती राना चयन हुनुभएकाे छ भने सदस्यहरूमा मनिषा कार्की , अनिता परियार, कमला दर्जी, मन्जु यादव र साेभा यादव चयन हुनुभएकाे छ ।
संस्थाकी अध्यक्ष कल्पना खरेलकाे अध्यक्षता र सुनवल नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा अध्यक्षकाे वार्षिक प्रतिबेदन अध्यक्ष खरेले प्रस्तुत गर्नुभएकाे थियाे भने , काेषाध्यक्षकाे प्रतिवेदन काेषाध्यक्ष सितमती हरिजनले प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष विरवल चाैधरी, सल्लाहकार द्वय डाेलराज भण्डारी , शान्ता भण्डारी ,बर्दघाट प्रेस क्लबका अध्यक्ष कुश्माकर ढकाल, प्रतापपुर प्रेस क्लबका अध्यक्ष वृजराज कुश्वाह, सरावल प्रेस क्लबका अध्यक्ष उमेश वि.क लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

