Rashtriya Dainik

नेपाल पत्रकार महासङ्घको निर्वाचन असाेज १२ गते ,यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

जारी निर्वाचन कार्यतालिकाअनुसार आगामी असोज ४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनय दर्ताको कार्यक्रम छ । सोही दिन साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । असोज ४ गते साँझ ५ देखि असोज ५ गते अपराह्न २ बजेसम्म उम्मेदवारमाथिको दाबीविरोध तथा असोज ४ गते साँझ ५ देखि असोज ५ गते अपराह्न ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका छ ।

यसैगरी असोज ५ गते साँझ ६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र असोज १२ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान तथा मतदान समाप्त भएपश्चात मतगणना गर्ने कार्यतालिका छ ।

यस्तै प्रदेश समितिको मनोनयन आगामी असोज ८ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म र संस्थागत समिति, जिल्ला शाखा र प्रतिष्ठान शाखाको मनोनयन आगामी असोज १० गते बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यसैबीच केन्द्रीय निर्वाचन समितिले आसन्न निर्वाचनका लागि महासङ्घको केन्द्रीय समितिबाट यही भदौ २८ गते प्राप्त संशोधित मतदाता नामावली सार्वजनिक गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित