Rashtriya Dainik

६० औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न गरियाे

आरपि उपाध्याय / नवलपरासी ,२९ भाद्र

जनता आधारभुत विद्यालय प्रतापपुर ४ बर्दघाटेको आयोजनामा ६० औं राष्ट्रिय बाल दिवस कार्यक्रम विद्यालय प्राङ्गणमा आज मनाइएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवपुजन चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा प्रतापपुर गाउँपालिका वडा न.४ का वडा सदस्य राधेश्याम यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पन्चम प्रसाद बि.क.ले शुभकामना मन्तव्य सहित कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा समाजसेवी रघुनाथ गौडले बालबालिकाहरुको पहिलो पाठशाला घरपरिवार रहेकोले अभिभावक वर्गले आफ्नो बालबालिकालाई निगरानी गर्नुको साथै बाल अधिकार प्रती सचेत रहनुपर्ने विचार व्यक्त गर्नुभयो।


कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई सम्मान सहित पुरस्कृत गरिएको थियो।

सो अवसरमा जनप्रतिनिधि सञ्चालक समिती,शिक्षक अभिभावक संघ र अभिभावकहरुको उपस्थिति रहेकोे कार्यक्रम सञ्चालक शिक्षक दिपक बर्माले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित