Rashtriya Dainik

प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधिद्वारा जारी आमरण अनसन गएराती १० बजे ४ बुदे सहमतिमा समापन

राष्ट्रिय दैनिक / नवलपरासी ,२९ भाद्र

चरणबद्ध आन्दोलन सहित रिले र आमरण अनसनमा उत्रिएका पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधिहरुको दबाबमूलक कार्यक्रम हिजो राती सहमति पछि स्थगित भएको छ।

जिल्ला अन्तर्गत पर्ने हुलाकी राजमार्ग लगायत संघिय र प्रदेश सरकार मातहत ठेक्का सम्झौता भएर निर्माण कार्यमा भएको चरम लापरबाही र गैरजिम्मेवार कार्य विरुद्ध जिल्लाका ७ ओटै स्थानीय तह र जिल्ला भरका सर्वदलीय ऎक्यवद्धतामा प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधिद्वारा जारी रिले र आमरण अनसन गएराती १० बजे ४ बुदे सहमतिमा समापन भएको हो।

लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकालको विशेष उपस्थिति र जिल्ला समन्वय समितिका प्रमुख भगौति प्रसाद यादवको अध्यक्षतामा मन्त्री ढकालद्वारा गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवलाई जुस खुवाएर आमरण अनसन लगायत सबै आन्दोलन स्थगित भएको हो।
त्रिपक्षिय सहमतिमा २०८१ असोज २ गतेदेखि प्रतापपुर गाउँपालिका अन्तर्गतका सडक निर्माण कार्य तिव्र गतिका साथ सुरु गरि आउदो दसैं अगावै गोपिगन्जदेखी बेलाटारीसम्मको सडकलाई विशेष प्राथमिकतामा राखी सम्पन्न गर्ने र आपसी सहमति अनुसार निर्माण कार्य सम्पन्न नभएमा प्रमुख जिल्ला अधिकारीले सम्बन्धित निर्माण कम्पनी,व्यवसायीलाई नियमानुसार कारवाही गरि ठेक्का रद्ध गर्ने प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।
त्यसैगरी हुलाकी योजना अन्तर्गत नै पर्ने बेलाटारी कठहवा सडकको सडक निर्माण कार्यलाई तिव्रताका साथ तोकिएको समय अवधि भित्र सम्पन्न गर्ने सहमतिमा उल्लेख छ।
साथै प्रदेश सरकार मातहतमा रहेका अलपत्र सडकहरु भौतिक पुर्वाधार विकास मन्त्रीको प्रतिबद्धता सहित संघिय सरकार मातहतका सडकलाई पनि समय भित्रै सम्पन्न गर्ने सहमती भएको प्रतापपुर गाउँपालिकाको प्रवक्ता ऋषिदेव पटेलले जानकारी दिनुभयो।
सहमति पत्रमा हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुख होम बहादुर जि.सी. र प्रतापपुर गाउँपालिका अध्यक्ष यादवले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको जानकारीमा आएको छ।
त्रिपक्षिय सहमतिको पुर्ण पालनाका लागि लुम्बिनी प्रदेश सरकार,भौतिक पुर्वाधार मन्त्री सहित संघिय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय लगायत सम्पुर्ण राजनीति दलका प्रमुखले विशेष पहल गर्ने पनि निर्णय भएको छ।
राती अबेरसम्म बसेको बैठकमा संविधान सभा सदस्य एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम प्रसाद खनाल,प्रदेश सभा सदस्य द्वय विश्वप्रेम पाठक र दिपेन्द्र अधिकारी,जिल्ला स्थित राजनीति दलका प्रमुख एवं प्रतापपुर गाउँपालिका र सम्पुर्ण जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित