राष्ट्रिय दैनिक / नवलपरासी २९ भदौ
खुल्ला नाकाका कारण हुने अवैध तस्करी नियन्त्रणका लागि नाकामा प्रहरी निरीक्षकको कमाण्डमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) स्थापना गरिएको छ ।
नवलपरासीका सीमावर्ती ग्रामिण भेगका सिमानाकामा रहेका सशस्त्र प्रहरी र प्रहरी चौकी भुजहवा,पाँचपेडा, बसहिया चौकी र भुजहवा विओपीको सहयोगले व्यापक रुपमा,चाइनिज लसुन, खसी बोका ,रङ्गा,भैसी, चिनी, स्टिम चामल, टायल, कपडा तस्करी भईरहेको छ ।
त्यसैगरी भन्सार कार्यालय महेशपुर सिमा नाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल हरपुर गुल्मका डिएसपीको मिलोमतोमा चाइनिज लसुन,स्टिम चामल, टायल, खसी बोका, चिनीको व्यापक रुपमा तस्करी भईकरहेको प्रत्यक्षदर्शीले बताएका छन्।

जिल्लाको हरपुर गुल्मका डिएसपी , भुजहवा विओपी र नाकामा रहेका प्रहरी चौकीका ईन्चार्जहरुको मिलेमतोमा भुजहवा, पाँचपेडा, बसहिया , गोपालपुर, रगरगञ्ज नाकाबाट व्यापक रुपमा तस्करी भईरहेको स्थानियहरुले बताएका हुन ।
त्यसैगरि जिल्लाबाट नेपाल प्रहरी खटाइएका चारजना घुमुवा मध्य चर्चित यादवको मिलोमतोमा तस्करी भइरहेको नाम नखुलाउने सर्तमा एक व्यापारीले बताएका छन् भने केही दिन पहिला जिल्लाका घुमुवाहरू माथि एक लाख काजु काण्डको समाचार पनि आएको थियो । 
सिमा नाकामा रहेको सशस्त्र प्रहरी र प्रहरी चौकीको मिलोमतोमा नेपालबाट चाइनिज लसुन व्यापक रूपमा भारत तर्फ तस्करी कार्य बढेको गुनासो आएपछि सोमबार दिउँसो राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले सीमावर्ती नाकाको बसहिया गोदाममा छापा मार्दा करिब २८ लाख बराबरको ११ हजार किलो भन्दा बढी लसुन फेला पारेको थियो । तस्करी धन्दामा प्रहरी चौकी बसैयाका प्रमुखको संरक्षणमा रहेको प्रष्ट हुन्छ । किनकि प्रहरीको संरक्षण बेगर यति ठूलो तस्करी धन्दा सम्भव नै छैन ।
हरपुर गुल्मका डिएसपी र विओपीका निरीक्षक अधिकारीहरू आफु माथिल्लो निकायका हाकिमको नजिकैको रहेको भन्दै चाइनिज लसुन ,चिनी,स्टिम चामल, टायल, खसी बोका,राँगा भैँसी र कपडा तस्करहरुबाट रकम असुल्लने गरेको स्रोतले जनाएको छ।
सशस्त्र प्रहरी २६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्ले सिमा नाकामा हुने भन्सार चोरी पैठारीमा कडाई गरेको दाबि गर्दै आएपनि ऊनको मातहतमा नै रहेको विओपीका सशस्त्र प्रहरी निरीक्षकहरूका मिलोमतोमा तस्करी भईरहदा पनि चुप लागेर बस्नुको कारणले उनी माथि पनि शंकाको बिषय बन्दैछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

