Rashtriya Dainik

आपसी भागभन्डाका कारण नगर र गाउँ सभा हुन नसकदा सेवाग्राहीहरु सेवाबाट बन्चित र दिवा खाजा थप्प

राजन कुमार बानिया /पर्सा, २७ भादौ

पर्सामा जनप्रतिनिधि हरुको भागभन्डा र अापसी बिबादका कारण छव वटा नगरपालिका र गाउँपालिकामा नगर सभा र गाउँ सभा हुन् नसकेको कारण नगरपालिका र गाउँपालिकाको काम थप हुदा जनताहरु सेवाबाट बन्चित र सरकारी बिधालय हरुमा पढने हजारौ बिधार्थीहरु दिवा खाजाबाट बन्चित भएका छन।

नगर सभा हुन नसकेको बहुदरमाई नगरपालिका र धोबिनी ,कालिकामाई जिराभवानी ,बिन्दबासनी, र पकहामैनपुर गाउँपालिका अहिले सम्म गाउँ सभा नहुदा नगरपालिका र गाउँपालिकाबाट मिलने सेवा सुबिधाबाट स्थानिय जनताहरु बंचित भएका छन।

नेपाल सरकारको नियम अनुसार असाढ १० गते भित्र नगर सभा र गाउँ सभा हुनु पर्नेमा तेस्रो महिना बितन लाग्यो तर अहिले सम्म जनप्रतिनिधि नगरप्रमुख, उपप्रमुख,गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष ,बडाअध्यक्ष, कार्यपालिका सदस्य र गाउँपालिका सदस्य हरुले करोडौ करोडको भागभन्डाको कारण अापसी सहमती नमिलेको कारण नगर सभा ,र गाउँ सभा हुन नसकेको जनप्रतिनिधिहरुले जनाएका छन। नगरपालिका र गाउँपालिका प्रमुखहरु ५ देखि ६ करोड र उपप्रमुख हरुलाई ३ देखि ४ करोड र वडाअध्यक्ष १ करोड देखि डेढ करोर र कार्यापालिका र सदस्य हरुलाई १० लाख देखि ३० लाख सम्म बजेट मांग रहेपनी बजेटमा अापसी भागभन्डा नमिलेको कारण सभा हुन नसकेकोले सबै निकायहरु समस्या देखिएको एक जना जनप्रतिनिधिले जानकारी गराएका छन।

नगरप्रमुख , अध्यक्ष, उपाध्यक्ष ,वडाअध्यक्ष करोडौको भागभन्डा , चलखेलका कारण नगर सभा र गाउँ सभा गराउन स्थानिय हरुले जिल्ला प्रसाशन कार्यालय पर्सा र समबन्धित नगरपालिकामा र गाउँपालिकाहरुमा दबाव स्वरुप लिखित ज्ञापनपत्र बोझाउदा पनी अहिले सम्म नगरसभा र गाउँ सभा हुन नसकेको कारण कार्यालयबाट जनताहरुको काम काज र सरकारी बिधालयहरुमा चलने दिवा खाजाबाट पनी बन्चित भएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित