आरपि उपाध्याय / नवलपरासी ,२७ भदौ
साना किसान कृषि सहकारी संस्था लि. विनयी त्रिवेणी ७ शिवपुरगढीको आयोजनामा कार्यक्षेत्रका विद्यालयहरुलाई खेलकुद सामाग्री वितरण कार्यक्रम आज सम्पन्न भएको छ।
साना किसान कृषि सहकारी संस्था लि. सञ्चालक समितीकी अध्यक्ष सरस्वती बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा अध्यक्ष बस्नेतले अरु संस्थामा भएका राम्रो र सहकारी केन्द्रित क्रियाकलापहरुलाई आफ्नो संस्थामा लागू गरेर परिणाममुखी नतिजा निकालिने धारणा राख्नुभयो।
संस्थाको कार्यक्षेत्र विनयी त्रिवेणी वडा न. ६,७ र सुस्ता गाउँपालिका अन्तर्गतका गरि कुल १६ सामुदायिक विद्यालयहरुलाई खेलकुद सामाग्री वितरण गरिएको आयोजकले बताएको छ।

कार्यक्रममा विनयी त्रिवेणी वडा न.६,७ र सुस्ता गाउँपालिका का सामुदायिक विद्यालयका प्र.अ. र विद्यालय प्रतिनिधि तथा सञ्चालक समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
खेलकुद वितरण कार्यक्रममा सञ्चालक समितिका सदस्य लक्ष्मण प्रसाद गौतम, शिवपुरगढी मा.वि. का प्र.अ. अदम बहादुर थापा लगायतले कार्यक्रमको उद्देश्य र सहकारी गतिविधि माथी प्रकाश पार्नुभयो।
आयोजक संस्थाले यसपुर्व पनि शैक्षिक गतिविधिमा आधारित क्रियाकलाप गर्दै सेयर सदस्यका बालबालिकाहरुलाई आकर्षक बाल बचत गर्नुपर्ने शिक्षा प्रवाह गर्दै आएको संस्थाकी प्रबन्धक सरीता शर्माले जानकारी दिनुभएको छ।

संस्थाले आगामी दिनहरूमा थप विद्यालय केन्द्रित कार्यक्रमलाई अगाडि बढाउदै प्रभावकारी कार्यक्रम ल्याइने पनि आयोजक संस्थाले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

