Rashtriya Dainik

मधेश प्रदेशको नारायणी रंगशाला ओझेलमा

विनोद मण्डल/ पर्शा,२७ भदौ ।

पर्शा जिल्लाको वीरगञ्ज महानगरपलिका–१५ स्थित करिब १७/ १८ बिघहा क्षेत्रफल ओगटेको नारायणी रङ्शाला जीर्ण अवस्थामा पुगेको छ भने रङ्गशालाको तीनैतर्फको ‘प्याराफिट’ भत्किएर धराप अवस्थामा एकातिर पुगेको छ भने अर्कोतिर खेल मैदानमा पानी जमेर धान रोपाइँ गर्न लायक भएको छ ।

दशरथ रंगशालापछिको ठूलो वीरगन्जको नारायणी रंगशाला धरासायी बन्दै गइरहेको छ । विक्रम संवत् २०४२ सालमा निर्माण भएको नारायणी रंगशालालाई तीनै तहका सरकारले प्राथमिकतामा नराखेका कारण दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको हो। रंगशालाको मैदान र प्यारापिट कामै नलाग्ने अवस्थाको सिर्जना भएको छ ।

तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा २०३८ सालमा करिब १७ बिघा १० कट्ठा जग्गा फुटबल, क्रिकेट र कवर्ड हल निर्माणका लागि खरिद र अधिग्रहण गरिएको थियो । चार दशकअघि निर्माण भएको नारायणी रंगशालामा तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेर तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितासमेत गराइएको थियो ।

कर्णाली प्रदेशमा नयाँ रंगशाला तयारको अवस्था छ जबकि तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको वीरगन्जको नारायणी रंगशालाको अवस्था नाजुक बनेको छ

३५ हजार दर्शक क्षमताको नारायणी रंगशालाको पुनर्निर्माण गर्न सरकारले पर्याप्त बजेट दिएको छैन ।

आउँदो ०८२ मा मधेशमा ११औँ राष्ट्रिय खेलकुद गराउने योजना रहेको छ । रंगशालाको भौतिक संरचनाहरु बिग्रँदै गर्दा र मैदानको अवस्था हिलाम्मे हुँदा स्थानीयमा चिन्ता बढेको छ भने मधेश सरकारको ध्यान नगएको अवस्था रहेको छ । तस्बिर रासस

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित