Rashtriya Dainik

त्रिवेणी भन्सार कार्यालयमा अवैध सामाग्री बुजाउने क्रम जारी

आरपि उपाध्याय / नवलपरासी ,२६ भदौ

गण्डकी प्रदेशको भारतसंग जाेडिएकाे दक्षिणी सिमानामा स्थित त्रिवेणी भन्सार कार्यालयमा अवैध सामाग्री बुजाउने क्रम जारी रहेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले विभिन्न मितिमा बरामद गरिएको अवैध सामाग्रीलाई कानुनी प्रक्रिया पुर्याउन त्रिवेणी भन्सार कार्यालयमा बुझाइएको हो।

नवलपुर प्रहरीले बरामद गरेको सामाग्रीहरुमा मोबाइल कभर,लेडिज क्रीम,चिनी,मोबाइल स्क्रिन बोर्ड लगायत सामाग्री त्रिवेणी भन्सारमा बुझाइएको भन्सार कार्यालयले जानकारी दिएको छ।
प्रहरीले भन्सारमा बुझाएको सामाग्रीको कुल मूल्य ११ लाख ६७ हजार रहेको बुझिएको छ।

यसपुर्व त्रिवेणी भन्सारले २४ बोरा अवैध लसुन पनि बरामद गरेकोमा उक्त लसुन क्वारेन्टाइन प्रक्रिया बेगर नै लिलाम गरेको जानकारीमा आएको छ।
लसुनजन्य सामाग्रीलाई लिलाम प्रक्रियामा ल्याउदा अनिवार्य रुपमै क्वारेन्टाइन चेकजाँच हुनुपर्नेमा लिलाम गरिएको लसुन गैरकानुनी रहेको स्रोतले बताएको छ।

कुल ९७ हजार मूल्य रहेको लसुनलाई ७२ हजारमा मात्र लिलाम गरिनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित