उमेश बि.क / नवलपरासी ,२६ भदौ
डेंगु रोग नियन्त्रणका लागि पश्चिम नवलपरासीको स्थानीय तहमा लार्भाको खोजी गरी नष्ट गर्ने अभियान थालिएको छ ।
डेंगु रोग नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमसहित लार्भाको खोजी गर्दै नष्ट गर्ने कार्यक्रम थालिएको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।

कार्यालय प्रमुख गाैरब ढकालका अनुसार स्वास्थ्य कार्यालयका कर्मचारी हरेक स्थानीय तहमा खटिएर स्थानीय तहको स्वास्थ्य शाखा, प्रहरी र स्थानीयसँग समन्वय गरी लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानमा जुटेको छ ।

साे अभियान सरावल गाउँपालिकाबाट “लामखुट्टेको बासस्थान र लार्भा खोज र नष्ट गर अभियान संचालनको लागि पालिका स्तरमा डेंगु रोग सम्बन्धी अभिमुखीकरण तथा लामखुट्टेको बासस्थान खोज, र नष्ट गर अभियान आजबाट सुचारु गरिएको हाे।

भाेलिदेखी सरावल गाउँपालिकाका सबै वडा तथा टाेलबाट सुरुवात गरि टोलीले टोल–टोलमा पुगेर सचेतनामूलक कार्यक्रम गर्नुका साथै टिनका डब्बा, थोत्रा टायर, गमला, फूलदानी, बाल्टीलगायतमा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानलाई तिब्रता दिइने सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो ।

अभियानमा जनप्रतिनिधि ,स्वास्थ्यकर्मी , प्रहरी , स्थानीय, महिला स्वास्थ्य स्वयम्सेविका लगायतकाे उपस्थिति रहने सरावल गाउँपालिका स्वास्थ्यशाखा प्रमुख ओम नारायण देवकोटाले जानकारी दिनुभएको हाे।
वहाँका अनुसार पालिकाको सबै वडा , टाेलहरुमा लार्भा खोजी गरी नष्ट गर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने र सचेतनामूलक कार्यक्रम गरिने बताउनुभयो ।

स्वास्थ्य कार्यालयले बिहान र साँझपख डेंगुको लामखुट्टे बढी सक्रिय हुने भएकाले सकेसम्म घरबाहिर नजान, जानै परे शरीर पुरै छोपिने किसिमका लुगा लगाउन, खेतबारी तथा पशुपालनसम्बन्धी काम गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

एक्कासी उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, घाँटी दह्रो हुने, वाकवाकी लाग्ने, पखाला लाग्नेलगायत स्वास्थ्यमा समस्या देखिए तत्कालै स्वास्थ्य संस्थामा परीक्षणका लागि जान स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

