Rashtriya Dainik

सडकमा विद्युतको खम्भा, निकाय मौन: लाहान नगरपालिकामा आम जनताको जीवन संकटमा

विनोद मण्डल /सिराहा, २६ भदौ ।

सिराहा जिल्लाको लाहान नगरपालिकाको वडा नं १० र १४ स्थित सीमाना क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको फलामे खम्भाहरु सडकको बीचमा ठिङ्ग उभिएको छ । उक्त खम्भाहरुले स्थानिय बासिन्दा र यातायातलाई गम्भीर समस्यामा पार्दै आएको छ ।

लाहान नगरपालिकाको गुदी गाउँस्थित मुख्य सडकमा रहेको खम्भाहरुको उचित व्यवस्थापन नहुँदा दुर्घटनाका सम्भावनाहरू बढिरहेका छन् ।
स्थानियवासीहरूले यस समस्याबारे वडाका जनप्रतिनिधिहरूलाई बारम्बार जानकारी गराए पनि यसलाई गम्भीरतासाथ लिएका छैनन् ।

नेपाल विद्युत प्राधिकरणको लाहान शाखाले खम्भाहरुको अवस्थाबारे जानकारी प्राप्त गरेको भएपनि, हालसम्म यसलाई व्यवस्थापन गर्न ध्यान दिएको छैन । स्थानिय बासिन्दाहरुले लाहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीलाई यस अवस्थाको बारेमा जानकारी गराए पनि, जनताको समस्यामा समाधान खोज्न तदारुकता नदेखाइएको आरोप लगाइएको छ ।

केयौ पटक उक्त क्षेत्रमा दुर्घटनाहरू भइसकेको र थप दुर्घटनाको जोखिम रहेकोले, उक्त समस्यामा तुरुन्त ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ । प्रशासन र सम्बन्धित निकायहरूलाई जनताको जीवन र सुरक्षालाई मद्दत गर्न तत्काल आवस्यक कदम चाल्न आग्रह गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित