राष्ट्रिय दैनिक / नवलपरासी ,२५ भदौ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा सिमेन्टकाे कुर्सी राखिएको छ ।

उद्योग बाणिज्य संघ सरावलद्वारा सरावल गाउँपालिकामा आउने सेवाग्राहीलाई बस्न सहजहाेस भनी २ थान सिमेन्टका कुर्सी राखिएको हो ।
जेष्ठ नागरिक तथा पालिकामा आउने सेवाग्राहीलाई उठबस गर्न सहज र सजिलो हाेस भनी २ थान सिमेन्टका कुर्सी पालिकाकाे राजस्व बुझाउने ठाउँमा राखिएको उद्योग बाणिज्य संघ सरावल अध्यक्ष सुशान्त शर्मा घिमिरेले बताउनुभयो ।

अध्यक्ष शर्माले सेवाग्राहीलाई लाइनमा उभिन नपराेस बसि बसि आफ्नो पाला आएको खण्डमा राजस्व बुझाउन सजिलोकाे लागि कुर्सी राखिएको बताउनुभयो । राखिएको कुर्सीले सेवाग्राहीलाई उठबसकाे लागि राहत पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

