नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल नवलपरासीले एकताको जिल्ला सम्मेलनको लागि प्रतिनिधि चयन तीब्र बनाएको छ । सो क्रममा मंगलवार सुस्ता गाउँ कमिटी अन्तरगत ९ जना जिल्ला प्रतिनिधि चयन गरिएको हो ।
सुस्ता १ फेचुहामा आयोजित एक कार्यक्रम मार्फत सर्बसम्मत प्रतिनिधि चयन गरिएको पार्टीका केन्द्रीय सदस्य जिल्ला संयोजक रवि पान्डेयले बताउनु भयो ।
कार्यक्रम पार्टीको पालिका संयोजक गोबिन्द साठिघरेको अध्यक्षता , पालिका इन्चार्ज रामचन्द्र पोखरेलको संचालनमा भएको सहसंयोजक सोम बहादुर बिकले जानकारी दिनुभयो ।पार्टीको एकताको जिल्ला सम्मेलन असोज २ र ३ गते बर्दघाटमा हुदैछ । क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल क्रान्तिकारी माओवादी ,नेकपा(बहुमत) र नेकपा(मशाल) बिच एकता भएर बनेको पार्टी हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

