Rashtriya Dainik

हुलाकी राजमार्ग निर्माणमा चरम ढिला सुस्ती,जनप्रतिनिधि र राजनीतिक दलद्वारा दबाबमुलक रिले अनसन

राष्ट्रिय दैनिक / नवलपरासी ,२५ भदौ

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका अन्तर्गत पर्ने प्रदेश र संघिय सरकारद्वारा निर्माणाधीन सडक अपुर्ण भएको भन्दै जनप्रतिनिधिद्वारा दबाबमुलक रिले अनसन मङ्गलबारदेखी सुरु भएको छ।

ईलाका प्रशासन कार्यालय सेमरीमा प्रतापपुर गाउँपालिका का जनप्रतिनिधिहरुद्वारा सडक निर्माण कार्य सुरु भइ पूरा नभए सम्म रिले अनसन जारी रहने आन्दोलन परिचालन समितीका संयोजक एवं प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीले जानकारी दिनुभएको छ।

प्रतापपुर गाउँपालिकाद्वारा गरिएको पहिलो चरणको आन्दोलनमा जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना सहित पत्रकार सम्मेलन एवं प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र र दोस्रो चरणको आन्दोलनमा रिले अनसन गरिएको बताइएको छ।
सत्याग्रह सहित रिले अनसनमा उत्रेका जनप्रतिनिधिहरुले प्रदेश र संघ सरकारको बजेटमा सडक निर्माण कार्यमा ढिलासुस्ती गर्ने, निर्माण व्यवसायी तथा कम्पनीलाई कारवाही गर्ने,प्रतापपुर गाउँपालिका अन्तर्गत पर्ने हुलाकी राजमार्ग ४ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने र पालिका अन्तर्गतका अलपत्र रहेको प्रदेश र संघ मातहतका सम्पुर्ण सडक निर्माण कार्य सम्पन्न गर्नुपर्ने माग सहित आन्दोलनकारीहरु चरणबद्द रुपमा उत्रिएका हुन।
रिले अनसनको सुरुवात गर्दै प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले नारायण चोकदेखी परासीसम्म,सेमरीदेखी बेलाटारीसम्म बाटोको दुर्दशा हेरेर समाधानको हरेक प्रयास गरिएपनी सडक निर्माण कार्य सुरु नभए यता अन्तमा ३ दिने रिले अनसन गर्न बाध्य भएको जानकारी दिनुभयो।
अध्यक्ष यादवले आफुहरुद्वारा जारी रिले अनसन पूरा गर्न राजनिती दल,संघ र प्रदेशका सांसद,नागरिक समाज,प्रेस जगत, आम सर्वसाधारण नागरिक सबैमा सहयोगको अपिल पनि गर्नुभयो।


मङ्गलबारदेखी सत्याग्रह सहितको रिले अनसनमा संविधान सभा सदस्य एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल,लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठक,प्रतापपुर गाउँपालिका का सम्पुर्ण जनप्रतिनिधि एवं सर्वसाधारणको पनि अनसन स्थलमा उपस्थिति रहेको थियो।
३ दिने रिले अनसन पश्चात् आन्दोलनकारी द्वारा प्रस्तुत माग सम्बोधन नभएमा पालिका अध्यक्ष यादव स्वयं भाद्र २८ गते आमरण अनसन सुरु गर्ने पनि आन्दोलन परिचालन समितीले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित