Rashtriya Dainik

सहकारी संसदीय छानबिन समितिलाई कांग्रेस सहकारी विभाग प्रमुख कण्डेलद्वारा सुझाव पेश

राष्ट्रिय दैनिक / नवलपरासी , २५ भदौ

कांग्रेसको सहकारी विभागले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई लिखित सुझाव बुझाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवं सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेलले पार्टीका तर्फबाट संसदीय छानबिन विशेष समितिका संयोजक सूर्य थापालाई मंगलबार लिखित सुझाव बुझाउनु भएको हाे।

कांग्रेसको सहकारी विभागले सातवटै प्रदेशमा पुगेर संकलन गरेको सुझावलाई समितिसमक्ष बुझाएको कांग्रेस सहकारी विभाग प्रमुख कँडेलले बताउनुभयो ।


सहकारीका बचतकर्ता अधिकांश गरिब र विपन्न परिवारका भएको र उनीहरूले बचत गरेको रकम दुरुपयोग गरिएकाले दोषीलाई अविलम्ब कारबाही गर्न सरकार गम्भीर हुनुपर्ने पनि माग गरिएको छ । संसदीय छानबिन विशेष समितिलाई आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको विभागका प्रमुख कँडेलले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित