बिनोद निगम / नवलपरासी ,२४ भदौ
ईलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक फल बहादुर तामाङ्ग को सरुवा भएको छ । उनको नेपाल प्रहरी विपद् व्यवस्थापन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नेपाल आत्मरक्षक तथा खेलकुद प्रशिक्षक समूह महाराजगञ्ज काठमाडौं सरुवा भएको हो ।
तामाङको सरुवासंगै ईलाका प्रहरी कार्यालय महेशपुरमा गंगादत्त बाडु आउने भएका छन् । उनी जिल्ला प्रहरी कार्यालय कैलाली अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट पश्चिम नवलपरासीको महेशपुर आउन लाागेका हुन् । नेपाल प्रहरीले एकै पटक ५ सय ७८ जना प्रहरी निरीक्षकको सरुवा गरेको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

