काठमाडौं/२४ भदौ नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिनुभएको छ। पत्रकार महासंघको आगामी चुनाव हुने सम्भावना न्यून भएपछि पोखरेलले राजीनामा दिनुभएको हो। आइतबार सम्पन्न महासंघको केन्द्रीय समितिको बैठकमा मतदाताको अन्तिम नामावली तत्काल सार्वजनिक गर्नुपर्ने अडान पोखरेलले राख्नुभएको थियो। तर, अन्य सदस्यहरूले विवाद समाधान भएपछि मात्र नामावली सार्वजनिक गर्नुपर्ने धारणा राखेका थिए। मतदाता नामावली सार्वजनिक गर्न नसकिएको कारण असोज ५ गतेका लागि निर्धारित गरिएको चुनाव हुने सम्भावना न्यून देखिन्छ। सोही कारणले गर्दा अध्यक्ष पोखरेलले राजीनामा दिएको बुझिएको छ। पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रीय समितिको कार्यकाल गत चैत महिनामै समाप्त भइसकेको थियो। महासंघ केन्द्रले नयाँ निर्वाचनको मिति असोज ५ गते तोकेको थियो। योसहित हालसम्म तीन पटक निर्वाचनको मिति तय गरिएको छ, तर चुनाव हुन सकेको छैन। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।