काङ्ग्रेसका संस्थापक नेता जन नायक बि.पि. कोइरालाको १११ औं जन्मजयन्तीकाे अवसरमा विचार गोष्टि सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,२४ भदौ

नेपाली काङ्ग्रेसका संस्थापक नेता जन नायक बि.पि. कोइरालाको १११ औं जन्मजयन्ती कार्यक्रम विचार गोष्टिका साथ विनयी त्रिवेणी ६ मा सम्पन्न भएको छ।

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी वडा न.६ वडा कार्य समितिको आयोजनामा विचार गोष्टि सम्पन्न भएको हो।

वडा सभापति वीर बहादुर ठकुरीको अध्यक्षतामा आयोजित विचार गोष्टिमा प्रमुख अतिथि आर.पि. उपाध्यायले नेपालको प्रजातान्त्रिक आन्दोलनमा कठोर संघर्ष गर्नुभएका जन नायक बि.पि. कोइरालाले राजनीति र साहित्यलाई एकैसाथ चलाएर निरंकुश तन्त्रको विरुद्धमा गरिएको आन्दोलनकै जगमा प्रजातन्त्रको पुनरबाहाली भएको चर्चा गर्दै बि.पि. कै विचार र सिद्धान्तबाट नै विभिन्न खाले लोकतान्त्रिक परिवर्तन आएको धारणा राख्नुभयो।

सो अवसरमा नेपाली काङ्ग्रेस,गण्डकी प्रदेश प्रतिनिधि गङ्गोत्री देवी सिंह, कृयाशिल सदस्य हरवेन्द्र कुमार कार्की लगायतले बि.पि.को बहुआयामिक जिवनीमाथी प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि भातृ र शुभेच्छुक संस्थाका प्रतिनिधि र केही सर्वसाधारणहरुको पनि कार्यक्रममा सहभागिता रहेको वडा सचिव एवं कार्यक्रम सञ्चालक बिम्बर बहादुर राउतले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!