Rashtriya Dainik

भुजहवामा लागू औषध दुव्र्यसन विरुद्धको सचेतनामूलक र्याली

राष्ट्रिय दैनिक / नवलपरासी ,२३ भदौ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ भुजहवामा शनिवार लागू औषध दुव्यसन विरुद्धको सचेतनामूलक र्याली निकालिएको छ ।

आदर्श बाल क्लब र सृजनशिल किशोर किशोरी बाल सञ्जालको आयोजना, असल छिमेकी नेपालको सहयोग र सरावल गाउँपालिका एवं प्रहरीचाैकी भुजहवाको समन्वयमा सचेतनमूलक र्याली गरिएको हो ।

कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी , भुजहवा प्रहरीचाैकीका इन्चार्ज शम्भु धिताल , पत्रकार उमेश बि.क , देशबन्धु यादव , बाल क्लव, युवा समुह, किशोर किशोरी समूहमा आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको असल छिमेकी नेपालका सामाजिक परिचालक गौरव महतोले जानकारी दिनु भयो ।

कार्यक्रममा सचेतनामूलक व्यानर, प्लेकार्ड र विभिन्न नारा पनि लगाइएको थियो । सहभागीहरुले “लागू औषध सेवन— बन्द गरौ, बन्द गरौं ।, “स्वस्थ जीवन उच्च विचार, लागू औषधको गरौ बहिस्कार”, लागू पदार्थ नशा हो— प्रयोग गर्नु दशा हो जस्ता नारा लगाएका थिए ।

सरावल गाउँपालिका लगायत विभिन्न क्षेत्रमा लागू औषध दूव्र्यशन गर्ने युवा युवतीको संख्या बडेसँगै सचेतनता जगाउने उद्देश्यले समुदाय स्तरमा र्याली कार्यक्रम आयोजना गरिएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित