आरपी उपध्याय / नवलपरासी
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ मा सेफ्टी ट्याङ्कीको सफाइ गर्दा निधन भएका दुई व्यक्तिको नवौं पुण्य तिथीका दिन भावपुर्ण श्रद्धाञ्जली सहित शोक सभा सम्पन्न भएको छ।
नेपाली काङ्ग्रेस विनयी त्रिवेणी वडा न.७ को आयोजनामा दुई छुट्टाछुट्टै स्थानमा शोक सभा सम्पन्न भएको हो।
गत भाद्र १४ गते ज्यान गुमाउनेहरुमा विनयी त्रिवेणी ७ रानीनगर निवासी वर्ष ३८ का प्रकाश सिंह क्षेत्री र सोही ठाउँ बस्ने वर्ष १९ का गणेश बोगटीको आत्माको चिर शान्तिको कामना सहित शोक सभा गरिएको हो।
नेपाली काङ्ग्रेस विनयी त्रिवेणी गाउँपालिका का संयोजक निरन्जन थापाको अध्यक्षतामा शोक सभा सम्पन्न भएको थियो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनुभएका नेपाली काङ्ग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जि.सी. ले काङ्ग्रेसद्वारा आयोजना गरिएको विभिन्न कार्यक्रम र आन्दोलनमा सक्रिय भुमिका निभाउने प्रकाश र गणेशको निधनले पार्टीमा अपुरणीय क्षती भएको बताउदै शोकाकुल परिवारजनमा धैर्य धारण शक्ति प्रदानको कामना गर्नुभयो।
शोक सभामा जिल्ला कार्य समिती सचिव महेन्द्र पोखरेल, क्षेत्रीय सभापति सुर्य बहादुर गुरुङ,महासमिति सदस्य, जिल्ला कार्य समिती सदस्य,पालिका र वडा तहका नेताकार्यकर्ता,शुभेच्छुक र आफन्तजनहरुको उपस्थिति रहेको कार्यक्रम सञ्चालक गिरधर स्वर्णकारले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

