Rashtriya Dainik

बर्दघाटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु ,एक जना घाइते

अनिल बनिया/ नवलपरासी, २२ भदौ

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १३ जमुनिया स्थित गए राति ८ बजेको समयमा जमुनियाबाट नारायणचोक तर्फ जाँदै गरेको लु ४ प ७६९१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएका हो ।

दुर्घटनामा दुवै घाइतेको थप उपचारको लागि मेडिकल कलेज भैरहवा रुपन्देही पठाईएको थियो भने साईकल यात्रिको उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

मोटरसाइकल चालक प्रतापपुर गाउँपालिका २ गोपीगंज बस्ने वर्ष १७ को किशोर घाइते अवस्थामा छन् ।

मृतक साइकल यात्री बर्दघाट नगरपालिका १३ नारायणचोक बस्ने वर्ष ४७ को सुरेश चौधरी रहेका छ । उनको उपचारको क्रममा आज बिहान मृत्यु हो ।शव भिम अस्पताल भैरहवामा रहेको । पोष्टमार्टम लगायत थप अनुसन्धान प्रकृया बाकि रहेको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित