विनोद मण्डल/ सिरहा,२१ भदौ
सिरहाको धनगढीमाई १४ द्वारा आयोजित तीज कार्यक्रम विहिबारेमा भव्यताका साथ सम्पन्न भएको छ ।
वडा अध्यक्ष अमित ठकुरीको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजसेवी गोकुल पोखरेल, बुद्धिजीवी शोभा शाही लगायत स्थानिय समाजसेवी तथा बुद्धिजीवीहरुको सहभागितामा आयोजित कार्यक्रममा राष्ट्रिय गान गाईएको थियो । देशमा परिवर्तन ल्याउने ज्ञात अज्ञात सहिदहरु प्रति सम्मान स्वरुप एक मिनेटको मौन धारण समेत गरिएको थियो । कार्यक्रममा अथिति गणलाई विशेष सम्मान समेत गरिएको थियो ।
नारीहरूको महान् पर्व हरितालिका तीजको औपचारिक उद्दघाटन वडा अध्यक्ष अमित ठकुरीले गरेपछि कार्यक्रम औपचारिकतामा प्रवेश गरेको थियो ।

कार्यक्रममा समाजसेवी गोकुल पोखरेलले आधुनिकताका नाममा पछिल्लो समय तीजमा विकृति भित्रिएको भन्दै मौलिकता बचाउनुपर्ने धारणा राख्नु भएको थियो । साथै उनले पौराणिक कला र संस्कृतिको जगेर्ना गर्न वर्तमान समय चुनौती बनेको भन्दै महिलाहरूका लागि महान् मानिने तीज पर्व तडक–भडक नभई सौहार्द वातावरणमा मनाउन आग्रह समेत गर्नु भएको थियो ।
त्यस्तै वक्ता शोभा शाहीले हाम्रो संस्कृतिमा पश्चिमा संस्कृतिको प्रभाव तीजमा परेको भन्दै पुरानो तीज गीतहरू हराउँदै गएको बताउनु भयो ।
कार्यक्रममा वक्ताहरुले वडा अध्यक्ष समय अनुसार समाजको भावनाको कदर गर्दै अगाडी बढेको कारण हरेक पक्षमा परिवर्तन आउनुका साथै आफ्नै टोल बस्तीमा आफ्नो मौलिकताको पहिचान र जगेर्ना गर्न पाएकोमा खुशी लागेको धारणा राखेका थिए ।
कार्यक्रमको समापनमा बोल्दै वडा अध्यक्ष अमित ठकुरीले मौलिकता हराउन नदिन र तीजलाई भड्किलो बनाउन नदिन अरुको सिको गर्न त्याग्नुपर्ने धारणा राख्नु हुँदै आम वडा बासीलाई तीजको शुभकामना दिनु भयो ।
समाजसेवी जनक मोतेको उद्घोषणमा संचालित कार्यक्रममा दोश्रो चरणको कार्यक्रम अन्तर्गत सांस्कृतिक कार्यक्रम शुरू गरिएको थियो ।
बिहीबारे स्थित मञ्चमा सांस्कृतिक टोलीले आफ्ना प्रस्तुतिको प्रदर्सन गरेका थिए भने बाक्लो संख्यामा उपस्थित आम दर्शकलाई सांस्कृतिक कार्यक्रमले मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रम स्थलमा धनगढीमाई नगरपालिकाका विभिन्न वडाका दर्शकको उपस्थित रहेको थियो ।
कार्यक्रम स्थल भरिभराउ हुनका साथै अति मनोरम वातावरणमा भब्यताका साथ सम्पन्न भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

