Rashtriya Dainik

दश महिनापछि पूर्णरूपमा हट्यो टिकटकमाथिको प्रतिबन्ध

काठमाडाैं | २१ भदौ

नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।

प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै टिकटकमाथिको प्रतिबन्ध हटाइएको जानकारी दिएको हो ।

यही भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

सरकारले निर्णय गरेको १५ दिनपछि प्राधिकरणले आजबाट प्रतिबन्ध हटाउन निर्देशन दिएको हो ।

सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकमा लगाइएको प्रतिबन्ध हटाउन प्राधिकरणले निर्देशन दिएको छ ।

२०८० कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

टिकटकबाट सामाजिक सद्‌भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको तत्कालीन सरकारका प्रवक्ता रेखा शर्माले बताएकी थिइन् ।

त्यसलगत्तै नेपाल दूरसञ्चार प्राधिकरणले कार्तिक २८ गते सूचना जारी गर्दै सबै इन्टरनेट सेवा प्रदाकहरूलाई टिकटकको पहुँचमा रोक लगाउन निर्देशन दिएको थियो ।

टिकटकमाथि रोक लगाउन निर्देशन दिएको करिब १० महिनापछि आज प्राधिकरणले खुलाउन निर्देशन दिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित