Rashtriya Dainik

लोगो दुरुपयोग नगर्न बर्दघाट नगरपालिकाको अनुरोध

राष्ट्रिय दैनिक /नवलपरासी,२१ भदौ

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरपालिकाको लोगो दुरुपयोग नगर्न अनुरोध गरेको छ । पछिल्लो समय नगरको लोगो विभिन्न नामका सामाजिक सन्जालमा देखिन थालेको नगरपालिकाले जारी गरिएको पत्रमा उल्लेख गरिएको छ ।

त्यस्ता पेजहरुबाट अनाधिकृत रुपमा सुचना प्रकाशन तथा प्रशारण गरेको भेटिएको सुचनामा जनाईएको छ ।”कतिपय अवस्थामा आम सेवाग्राही र नागरिकमा समेत यस्ता पेजहरुका कारण भ्रम उत्पन्न भएको छ,सबैलाई आधिकारिकता थाहा नहुन सक्छ, गलत सुचना सप्रेषण हुन सक्छ त्यसैले लोगो प्रयोग गर्नु कानुन बिपरित हो”प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले भन्नू भयो ।

सुचनाको बर्खिलाप गरे कानुन अनुसार कारबाही गरिने नगरपालिकाले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित