Rashtriya Dainik

सातौं पुण्यतिथीका दिन आज रानीनगरमा शोकसभा

आरपि उपाध्याय / नवलपरासी ,२० भदौ

पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ मा विगत भाद्र १४ गते अकल्पनीय दु:खद मृत्यु भएका ३ व्यक्तिको सातौं पुण्यतिथीका दिन आज रानीनगरमा शोकसभा सम्पन्न भएको छ।

विनयी त्रिवेणी ७ रानीनगर निवासी वर्ष ३८ का प्रकाश सिंह क्षेत्री ,सोही ठाउँ बस्ने वर्ष १९ का गणेश बोगटी र बर्दघाट नगरपालिका ७ बस्ने वर्ष २८ का मोहम्मद रजाको दु:खद निधन भएकोमा मृत आत्माको चिरशान्तीको कामना गर्दै शोकसभा सम्पन्न भएको हो।


विनयी त्रिवेणी ७ को रानीनगर बजारमा छुट्टाछुट्टै स्थानमा शोकसभाको आयोजना गरि मौन धारण सहित श्रद्धाञ्जली अर्पण गरिएको थियो।
माँ बागेश्वरी त्रिनेत्र महादेव मन्दिरका पुजारी ओमनाथ न्यौपानेको अध्यक्षतामा आयोजित शोकसभामा स्थानीय सञ्चारकर्मी आर.पि. उपाध्यायले स्वर्गीय प्रकाश क्षेत्रीको जिवनीबारे चर्चा गर्नुभयो।
त्यसैगरी एक अर्को शोकसभामा रानीनगर बजार समितिको अध्यक्ष गणेश थापा क्षेत्रीको अध्यक्षतामा शोकसभा पनि सम्पन्न भएको कार्यक्रम सञ्चालक एवं एमबिसन क्लबका संस्थापक अध्यक्ष शेखर मर्दन शाहले जानकारी दिनुभएको छ।
उक्त शोकसभामा स्थानीय कृष्ण सराफले स्वर्गीय बोगटीको जिवनी सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो।


शोकसभामा मन्दिर व्यवस्थापन समिति, एम्बिसन युवा क्लब परिवार,रेक्सा चालक समिति,रानीनगर बजार समिति र ठूलो सङ्ख्यामा रानीनगरका व्यापारीहरुको उपस्थिति रहेको थियो।
सातौं पुण्यतिथीका दिन सिमावर्ती रानीनगर बजार ३ घण्टा बन्द गरि व्यवसायीहरुले शोक मनाएको पनि जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित