काठमाडौं । जाली साजी गरेर गैर कानुनी रुपमा ठड्याइएको छायाँ सेन्टरबारे निर्णय लिने गरी सर्वोच्च अदालतले प्रमाणहरु जुटाइरहेको छ ।
सार्वजनिक गुठीको एैतिहासिक पोखरी मासेर ऐतिहासिक कमलपोखरी हडपेर ठड्याइएको बारेमा एकपछि अर्को प्रमाणहरु सरकारी निकायबाट आदेशसहित निकालेपश्चात अदालत अन्तिम फैसलाको तयारीमा पुगेको हो । यस अघि विगतमा पोखरीको जग्गा सरकारको नाममा दर्ता भएको मिसिल झिकाउन आदेश समेत आएको हो ।
१७ भाद्रमा सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलाशले २३ मंसिर २०४४ मा छायाँ सेन्टर बनाइएको कित्ता नं १६७ र १०४० को जग्गा नेपाल सरकारको नाममा २३ मंसिर २०४४ मा दर्ता गर्ने भनी निर्णय भएकाले मिसिल झिकाउने २०८० चैत्र २० को आदेश अनुसार नभएकाले झिकाउन भनिएको छ । अब उक्त मिसिल अध्ययन गर्ने र सर्वोच्चले प्रमाणका आधारमा निर्णय लिने भएको छ ।
छायाँ सेन्टर ऐतिहासिक पोखरीमा बनेको तथ्य प्रमाणहरु सबै अदालतमा जुटिसकेको छ । अब सरकारको नाममा दर्ता भएको जग्गाको मिसिल हेरेपश्चात ऐतिहासिक फैसला आउने खबर प्राप्त भएको छ । छायाँ सेन्टरमा अरबौं लगानी गर्ने पृथ्वीबहादुर पाण्डे र उनको समूह फैसला रोक्न मरिहटे गरी लागि परेको छ ।
एक स्रोतका अनुसार विचौलियामार्फत् पाण्डे समूह सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरुसम्म पुग्न खोजेका छन् । उनीहरुले साम, दाम, दण्ड भेद लगाएर भएपनि छायाँ सेन्टर जोगाउने दाउमा लामो समयदेखि बुन्दै आइरहेका थिए । तर, अदालतमा मुद्दा दायर गर्ने भागवतनरसिंह प्रधानले सार्वजनिक पोखरीमा छायाँ सेन्टर ठडिएको प्रमाण प्रस्तुत गरेका छन् । यसले सर्वोच्चले फैसलामा पृथ्वीबहादुर पाण्डे समूहको पक्षमा जाने अवस्था देखिदैन ।
छायाँ सेन्टरमा पोखरीमा ठड्याउन पाण्डेले ठूलै शक्ति लगाएकाे देखिएकाे छ । सरकारको उच्च पदमा रहेकादेखि सुरक्षा निकायका तत्कालीन प्रभावशाली व्यक्तिहरुलाई समेत गोल्डेन शेयर दिएकाे थिए । उनले बल प्रयोग गरेर छायाँ सेन्टर ठड्याएपनि भत्कने अवस्था अहिले बातावरण बनेको छ । त्यहाँ बनेको पाँच तारे होटलदेखि व्यापारिक सटरहरुको भविष्य संकटमा परेको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

