रञ्जीत शर्मा/ नवलपरासी,२० साउन।
सुनवल सामुदायिक विकास केन्द्र, सुनवलको आयोजनामा अपाङ्गता समावेशी फ्लिप चार्ट विकास सम्बन्धी कार्यशाला परासीमा सम्पन्न भएको छ।
युएमएनको आर्थिक सहयोगमा सुनवल सामुदायिक विकास केन्द्र,सुनवल द्वारा संचालित अपाङ्गता समावेशी विकास परियोजना अन्तर्गत उक्त २ दिने कार्यक्रम सम्पन्न गरिएको परियोजनाका कार्यक्रम संयोजक श्यामसुन्दर ढुंगानाले बताए।
कार्यशालामा अपाङ्गता सम्बन्धी जानकारी र समाजको बुझाई,परिचय पत्रको व्यवस्था, सेवा सुबिधाको वितरण, अभिवेदको सिद्दान्त, सार्थक समावेशीकरण,अपाङ्गताको अन्तरवर्गीय सवालहरु,नीति, नियम, कानुन, अपाङ्गता समावेशी कार्यस्थल तथा न्युनतम पहुन्चायुक्तताको अवस्था, उपयुक्त अनुकुलता, जवाफदेही बजेट आदि विभिन्न विषयमा अति सहज र सरल ढंगबाट समाजमा बुझाउन युएमएन र सुनवल सामुदायिक विकास केन्द्रले तयार पारेको चित्र शैलीको बारेमा बृहत कार्यशालालाई युएमएन काठमाण्डौ क्लस्टरका वीर बस्यालले सहजीकरण गरेका थिए । कार्यशालामा सहभागीहरुले सक्रिय रुपमा भाग लिई छलफल तथा समूह कार्य गर्नु भएको थियो ।

कार्यक्रममा युएमएन नवलपरासी क्लस्टरका अर्जुन तामाङ,सुनवल सामुदायिक विकास केन्द्र द्वारा संचालित अपाङ्गता समावेशी विकास परियोजनाका फिल्ड सुपरवाइजर राधा तिमिल्सना सापकोटा, सामाजिक परिचालक रंगीता कुमारी लोहार ,सन्तोष कुमार गौड विभिन्न विपत व्यवस्थापन समितिका प्रतिनिधि,अपाङ्गता अधिकार प्रवर्धन सञ्जाल समितिका सदस्य र बाल क्लब प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

