लागू औषधबारे विद्यालय स्तरबाटै सचेतना जगाउन सके युवाहरुलाई कुलतबाट बचाउन सकिन्छ:अध्यक्ष चाैधरी

राष्ट्रिय दैनिक / नवलपरासी ,१९ भदौ

विद्यालय स्तरबाटै सचेतना जगाउन सकेमा लागू औषधको प्रयोगबाट युवाहरुलाई जोगाउन सकिने र त्यसका लागि अभिभावकहरुले आफ्ना छोराछोरीहरुप्रति निगरानी बढाउनुपर्नेमा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जोड दिनुभयो ।

अध्यक्ष चौधरीले पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ जनता मा.बि भुजहामा आयाेजित “लागु औषधको असर” निबन्ध लेखन प्रतियोगितामा बाेल्दै अहिलेका युवाहरुलाई लागू औषधबाट जोगाउनका लागि चुनौती रहेको भन्दै यसका लागि समुदायसँग सहकार्य गरिने बताउदै सरावल गाउँपालिकाले लागुपदार्थ दुर्व्यसन न्युनिकरणका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भएको हो।

विद्यार्थीहरुलाई लागु औषध दुर्व्यसनीबाट टाढा राख्न सकिएको अवस्थामा मात्र सभ्य समाजको निर्माण हुने उल्लेख गर्दै समयमै आफुले को संग किन संगत गर्ने वा गर्दै छु र त्यसले मलाई भविष्यामा के प्रभाव पार्दछ भन्नेबारे फरक छुट्याउन सक्ने ज्ञान घरको अभिभावक र आफ्ना शिक्षकहरुबाट सिक्नु पर्ने बताउनु भयो।

बिद्यार्थी भनेका भविष्यका कर्णधार भएकोले ती कर्णधारहरुलाई उचित समयमा उचित ज्ञान र शिक्षा दिन सकिएको अवस्थामा मात्र समाजमा देखिएका बिभिन्न बिकृति र बिसंगतीहरु चिर्दै जान सकिने बताउनुभयो।

विद्यालय तहमै बिधार्थीहरुलाई के सही के गलत भन्ने कुराको तुलनात्मक शिक्षा दिनु पर्नेमा जोड दिनु भयो। लागु औषध के हो? यसले स्वास्थ्यमा के कस्तो असर पार्दछ भन्ने जस्ता सामान्य ज्ञानहरुबारे बिद्यालयमा अतिरिक्त ज्ञानको रुपमा जानकारी दिने हो भने लागु औषध दुर्व्यसनीबाट विद्यार्थीहरुलाई सुरक्षित बनाउन सकिने पालिका अध्यक्ष चाैधरीले बताउनु भएको थियो।लागू पदार्थले शारीरिक ,मांसिक , सामाजिक र आर्थिक रुपमा असार पार्ने भएको हुनाले यसबाट सजग रहन जरुरी रहेको समेत धारणा राख्नुभएको थियोे ।

सरावल गाउँपालिकाकाे समन्वयमा तथा असल छिमेकी नेपालकाे सहयोगमा आयाेजना भएको लागू औषधकाे असर विषयक निबन्ध लेखन प्रतियोगिता विद्यार्थी मनिषा हरिजनकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएको हाे।

लागू औषधकाे असर विषयक निबन्ध लेखन प्रतियोगितामा विद्यार्थी प्रियंका यादव प्रथम ,मुस्कान ठठेर द्वितीय, ईशराफिल अलि तृतीय र समिर हरिजन सान्त्वना हुन सफल भएकी हुन ।

कक्षा ६ देखि १२ सम्मका ५५ जना विद्यार्थीहरुकाे उपस्थितिमा मंगलबार भएको प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीहरुले सहभागीता जनाएका थिए।

साे अवसरमा विशेष अतिथि विद्यालयका प्रधानाध्यापक कृष्ण कुशवाहा ,अतिथि असल छिमेकी नेपालका कार्यक्रम संयाेजक पुरन साेती , समाजिक परिचालिका प्रमावती चाैधरी लगाएतकाे उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!