सबैले आफ्नो जीवनको विशेष दिनमा वृक्षारोपण गर्ने अभियान थाल्नुपर्छ : अध्यक्ष सुखाडी प्र. चाैधरी

राष्ट्रिय दैनिक / नवलपरासी ,१८ भदौ ।

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले नेपालमा पछिल्ला वर्षहरुमा वृक्षारोपणको महत्व बढिरहेको बताउनुभयो । अध्यक्ष चाैधरीले बृहत्त वृक्षारोपण कार्यक्रमलाई सम्बोधन जलवायु परिवर्तन (क्लाइमेट चेन्ज) को समस्या न्यूनीकरणको लागि पनि वृक्षारोपणले ठूलो भूमिका खेलेको बताउँदै सबैले आफ्नो जीवनको विशेष दिनमा वृक्षारोपण गर्नुपर्ने बताउनुभएको थियोे ।

सरावल गाउँपालिकाकाे सहयोगमा र कुर्थावल सर्बाजनिक जग्गा व्यवस्थापन समुह सरावल -६ ले आयोजना गरेको बृहत्त वृक्षारोपण कार्यक्रममा बाेल्दै अध्यक्ष चाैधरीले वृक्षारोपणसँगै यसको संरक्षणमा पनि अभियानकै रुपमा काम गर्नुपर्ने बताउनुभयो। अध्यक्ष चाैधरीले अहिलेको मौसम पनि वृक्षारोपण गर्ने उपयुक्त समय भएकोले विरुवा हुर्कन सहज रहेको धारणा राख्नुभएको थियोे ।

मानिसको अस्तित्व पनि वनको एक्जिस्टेन्समा निर्भर रहेको उल्लेख गर्दै पृथ्वीमा जीवनका लागि आवश्यक सबै हावा, पानी, खाना र आश्रयहरु वनबाट नै प्राप्त हुने गरेकोले वनको महत्व मानव जीवनको लागि धेरै नै रहेको स्पष्ट पार्नुभएकाे हाे ।

वहाँले वनलाई अब मुलुक संगै सरावलकाे समृद्धिसँग पनि जोडेर अघि बढ्ने बेला आएको बताउदै नेपालको भूभागको करिब ४५ प्रतिशत वनले ओगटेको भन्दै अब वनलाई समृद्धिको आधार बनाईनेगरि योजनाका साथ काम गरिने पनि विश्वास दिलाउनुभयाे।

त्यस्तै गाउँपालिकाकि उपाध्यक्ष बासमति हरिजनले कृषिप्रधान देशमा त वनको धेरै नै महत्व रहेको बताउनुभयो। वनले नै माटोको स्थिरताको अस्तित्व कायमै राख्न र उत्पादनशील माटो बनाइ राख्न भूमिका खेलेको उपाध्यक्ष हरिजनकाे भनाइ रहेको थियो।

समृद्धिकाे लागि वन प्ररियाेजना अन्तर्गत सार्बजनिक जग्गामा वृक्षरोपण कार्यक्रम गरिदै विभिन्न प्रजातिका एक हजार बिरुवा वृक्षरोपण गरिएको वन वातावरण तथा विपद व्यवस्थापन सरावल शाखाका प्राविधिक भुवन भण्डारीले जानकारी दिनुभयो ।

समुहका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा गरिएको वृक्षारोपण कार्यक्रममा सरावल -६ का वडा अध्यक्ष छाेटेलाल गुप्ता , समाजसेवी हरि प्रसाद यादव, नेमनारायण यादव ,दिवाक यादव ,सैफुलाह अंन्सारी,चन्द्रभान चाैधरी लगाएतकाे उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!