Rashtriya Dainik

नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवस विनयी त्रिवेणीमा सम्पन्न

आरपी उपध्याय/ नवलपरासी १९ भदौ

नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवस विनयी त्रिवेणी ६ को सभाहलमा बुधबार मनाइएको छ।
समाज रुपान्तरणमा युवाहरुको भुमिका सम्बन्धि अन्तर्कृया कार्यक्रमका साथ स्थापना दिवस मनाइएको हो।
नेपाल रेडक्रस सोसाइटी त्रिवेणी धाम उपशाखा सभापति रन्नता काफ्लेको अध्यक्षता तथा जिल्ला कार्य समिति सदस्य विष्णुदेवी पाण्डेको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाइएको थियो।
सो अवसरमा प्रमुख अतिथि पाण्डेले मानिसमा हुने असल भावना र सकारात्मक सोचलाई गन्तव्यमा पुर्याउन रेडक्रस सोसाइटीले चरणबद्द रुपमा कार्यक्रम गर्दै आएको बताउदै मानिसमा हुने परिवर्तनलाई पनि मानव स्वयंले आफै बाटै सुरु गर्नुपर्ने धारणा राख्नु भयो।
कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाह, त्रिवेणी गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसाल,नेपाल पत्रकार महा संघ गण्डकी प्रदेश सभापति नारायण शर्मा,प्रदेश सदस्य रमेश बस्ताकोटी, ईलाका प्रहरी कार्यालय त्रिवेणीका स.ई. महेश रायमाझी लगायतले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वडा न.६ र ७ का सामुदायिक र निजि विद्यालयका शिक्षक र छात्रछात्राहरुको पनि उपस्थिति रहेको थियो।
सो अवसरमा पत्रकार शर्मा र बस्ताकोटीले कार्यक्रममा सहजीकरण गर्नुभएको कार्यक्रम सञ्चालिका सरिता शर्माले जानकारी दिनुभएको छ।
कार्यक्रममा सशस्त्र प्रहरी बल त्रिवेणी बिओपीका प्रमुख स.प्र.नि. गणेश थापा, जनप्रतिनिधि र संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको आयोजक संस्थाले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित