Rashtriya Dainik

लागु औषध चरेस तथा अबैध भारतीय रुपयां सहित दुई जना पक्राउ

कपिलवस्तु,१७ भाद्र

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बाट यात्रीगेट बाट ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले लागु औषध चरेस जस्तो देखिने एक किलो चार सय छ्यालिस ग्राम वस्तु सहित शिवराज नगरपालिका वडा नं १ चैनपुर बस्ने ६४ बर्षिय कलिसरा पुन पक्राउ परेकी छन्।

सोही क्रममा प्रहरीले अनुसंधान गर्दै जादा चरेस जस्तो देखिने वस्तु भारतबाट खरिद गर्न आएका रूकुम पश्चिम जिल्ला बाफिकोट गाउँपालिका वडा नं ७ बस्ने ४० बर्षिय भिमसेन खत्री भारतीय रुपयां एक लाख दश हजार सहित कृष्णनगर नगरपालिका वडा नं २ पुरानो बसपार्क बाट पक्राउ गरिएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्।

पक्राउ परेका दुबै जना लाई जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरि अनुसंधान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जानकारी गराएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित