Rashtriya Dainik

प्रहरीद्वारा ४ दिनमै ४३ जना फरार अभियुक्त पक्राउ

बिनोद निगम / नवलपरासी ,१७ भदौ

पश्चिम नवलपरासी प्रहरीले चार दिनमै अदालतबाट दोषी ठहर भई कैद भुक्तानी नगरी फरार रहेका ४३ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको हो ।

फरार अभियुक्त पक्राउ अभियान अन्तर्गत गएको शुक्रबार र सोमबार चार दिनमा जिल्ला प्रहरी तथा मातहत प्रहरी कार्यालयहरूबाट प्रहरी टोलीले अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका लुटपाट,लागू औषध,सवारी ज्यान, जालसाजी, कुट्पिट अङ्गभङ्ग,चेक अनादार लागाएतका मुद्धाका ४३ जना फरार अभियुक्त पक्राउ गरिएको जि:प्र:का नवलपरासीले जानकारी दिएको छ ।

प्रहरीले गएको शुक्रबार अदालतबाट दोषी ठहर भई कैद भुक्तानी नगरी फरार रहेका २५ जना फरार अभियुक्त हरुलाई पक्राउ थियो ।

पक्राउ पर्नेहरुबाट २ बर्ष ८ महिना ५ दिन कैद र २६ हजार ९ सय ४३ रुपैयाँ जरिवाना असुल भएको थियो”भने उनीहरुलाई फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत परासीमा पेस गरिएको थियो ।

त्यस्तै सोमबार पक्राउ पर्नेहरुबाट ९१ हजार ६ सय ३० रुपैयाँ जरिवाना असुल भएको छ भने उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत परासीमा बुझाएको प्रहरीले जनाएको हो ।

प्रहरीले अदालतबाट दोषी ठहर भई कैद भुक्तानी नगरी फरार रहेका १८ जना फरार अभियुक्तहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बुझाएको हुन् ।

अभियान अन्तरगत पछिल्लो ७ दिनमा १०४ जना पक्राउ परिसकेको र अभियान निरन्तर रुपमा संचालन हुने प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित