Rashtriya Dainik

कीर्तिपुर माध्यामिक विद्यालयमा एस. ई.ई उत्तीर्ण विद्यार्थीहरु सम्मानित

काठमाडौं । कीर्तिपुर माध्यामिक विद्यालय (की.मा.वि.) २०५२ एसएलसी समूहको आयोजनामा यस बर्षको एस. ई.ई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान गत भाद्र १० गते सोमबार गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर मा.वि. व्यवस्थापन समितिका अध्यक्ष अमृत महर्जनले साे विद्यालयबाट उच्च अंक ल्याउने  छात्रको तर्फबाट (३.०५) सर्वोत्कृष्ट हुने विष्णा बिकलाई भगवान्को  बुद्ध मुर्ति  प्रदान गरिनुका साथै कार्यक्रमका सभापति एवम् कीर्तिपुर माध्यामिक विद्यालय २०५२ समुहका अध्यक्ष  सुनिल तण्डुकारले छात्राको तर्फबाट सर्वाेउत्कृष्ट हुने हेमराज विसी (३.५१) लाई सरस्वतिकाे मुर्ति प्रदान गरिएकाे थियाे ।

उक्त कार्यक्रममा कीर्तिपुर मा. वि. विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि राजकुमार महर्जन,  विद्यालयका प्रधानाध्यापक सरला प्रधान अतिथिका रुपमा पाल्नु भएको थियो । यस विद्यालयबाट यस बर्षकाे एस.ईई ४७.६२ प्रतिशत उत्तीण हुन सफल भएकाे छ ।

कीर्तिपुर माध्यामिक विद्यालय कीर्तिपुरकाे शैक्षिक उन्वन्यन अतुल्नीय योगदान  दिदै आइरहेको शैक्षिक संस्था हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित