Rashtriya Dainik

शान्ति पुनर्स्थापना गृहको तीज मिलन तथा शुभकामना आदान प्रदान

 कृष्णनगर,१६ भाद्र

नजिकिँदै गरेको हरितालिका तिजको अवसरमा शान्ति  पुनर्स्थापना गृह परिवार कपिलवस्तुले शुकामना आदान प्रदान तथा तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं २ को परदेशी होटलको हलमा आयोजित तिज बिषेश कार्यक्रम रमाइलो गरि मनाएइएको छ। 

तिजको पावन अवसरमा महिलाहरु विभिन्न तिज गीतमा रमाइलो नाचगान गरि एक आपसमा शुभकामना आदानप्रदान गरेकि थिइन। शान्ति पुनर्स्थापना गृहकी शुशिला खनालले स्वागत मन्तव्य राख्नुभयो। 

 

शान्ति पुनः स्थापना गृहका  राष्ट्रीय उद्धार संयोजक भूमि भट्टराईको अध्यक्षता प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका उपप्रमुख आरती देवी चौधरी, अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ अध्यक्ष कृष्ण कुमार गुप्ता, डिएसपी शैलेन्द्र न्यौपाने, प्रहरी वरिष्ठ नायब निरिक्षक सुमन खरेल, प्रहरी बरिष्ठ नायब निरिक्षक महेन्द्र पोखरेल, कृष्णनगर नगरपालिका महिला तथा बाल बलिका शाखा प्रमुख थुमा देवी उपाध्याय लगायत,वडा सदस्य राहुल मोदनवाल, रेनु शर्मा पत्रकार, स्थानीय महिला, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत अन्य रहेका थिए ।

कार्यक्रम संचालन शान्ति पुनर्स्थापना गृहका दिनेश तिमिल्सिनाले गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित