Rashtriya Dainik

गणपतिको अध्यक्षमा गोविन्द घिमिरे 

तुलसीराम पौडेल / फर्साटिकर,१५ भाद्र

रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित गणपति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा गोविन्द घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ।

गणपति बहुउद्देश्यीय सहकारी संस्थाको शुक्रबार सम्पन्न २४ औ वार्षिक साधारण सभा तथाआठौं अधिवेशनले गोविन्द घिमिरेलाई सर्वसम्मत निर्वाचित गरेको हो ।त्यसै गरि संस्थाको उपाध्यक्षमा दुर्गा दत्त खरेल ,सचिव केशव कंडेल ,कोषाध्यक्ष लालबहादुर पौडेल ,सदस्यहरुमा पार्वता बस्याल ,केशवराज न्यौपाने ,ठागे प्रसाद चौधरी ,लेखा समिति संयोजकमा लिला गिरी र सदस्यहरुमा शर्मिला अधिकारी ,संगम न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् ।

कार्यक्रममा ८० वर्ष उमेर पूरा भएका शेयर सदस्यलाई जेष्ठ नागरिक सम्मान ,६५ वर्ष पूरा गरेका शेयर सदस्य सम्मान ,असल ॠणि सम्मान , शेयर सदस्य सन्तति सम्मान अन्तरगत कक्षा १२ मा ३.२५ जिपिए ,स्नातक तह र स्नातकोत्तर तहमा प्रथम श्रेष्ठलाई ल्याएर पास हुने विद्यार्थीलाई सम्मान गरिएको थियोे ।

सहकारीका कार्यवाहक अध्यक्ष  रमेश खनालको अध्यक्षता, सहकारीका संस्थापक अध्यक्ष डुक बहादुर पौडेलको प्रमुख आतिथ्यता, शुद्दोधन गाउँपालिका वडा नम्बर -४ का वडा अध्यक्ष केशव अधिकारीको विशिस्ट आतिथ्यता, कार्यवाहक अध्यक्ष रमेश खनालबाट अध्यक्ष प्रतिवेदन प्रस्तुत ,निवर्तमान कोषाध्यक्ष गोविन्द घिमिरेबाट आर्थिक प्रतिवेदन प्रस्तुत ,लेखा समिति संयोजक लिला गिरीबाट लेखा प्रतिवेदन प्रस्तुत रहेकोे कार्यक्रममा संस्थाका सल्लाहकार टंकनाथ अधिकारी ,पुर्व सल्लाहकार प्रेमबहादुर फौदार , शुद्दोधन सहकारी संजालका अध्यक्ष लेखबहादुर खत्री ,अन्नपूर्ण बिउ उत्पादक कृषि सहकारीका अध्यक्ष दामोदर पौडेल , चामुण्डा कृषि सहकारीका अध्यक्ष शेरबहादुर काफ्ले लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

निवर्तमान संचालक समिति सदस्य णम कुमारी पङ्गेनिको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालक मित्र बन्धु गौडेलले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित