रञ्जीत शर्मा/ नवलपरासी,१४ भाद्र।
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस आज पश्चिम नवलपरासीमा पनि मनाइएको छ। हरेक वर्ष अगस्ट ३० तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा १० वर्षे लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र तत्कालीन विद्रोही माओवादीबाट ठूलो सङ्ख्यामा नागरिक बेपत्ता पारिएको थियो ।
एमनेष्टी इन्टरनेशनल नेपालको केन्द्रीय कार्यालयको सर्कुलर अनुसार आज समुह ३१ परासीले जिल्लाको रामग्राम स्तुपामा दीप प्रज्वलन गरि मनाइएको छ।

२०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारलाई जानकारी गराउने भनिए पनि पूरा भएको छैन । द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि गठित आयोगमा दुई हजार भन्दा धेरै उजुरी परेको छ । सबै भन्दा बढी २२० जना लुम्बिनी प्रदेशको बर्दिया जिल्ला वेपत्ता परेका छन्।
एमनेष्टी इन्टरनेशनल नेपाल समुह ३१ परासीमा संयोजक सुरज यादवको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा व्यक्ताहरुले “विभिन्न कालखण्ड तथा सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएकाका आफन्तहरुले छिटोभन्दा छिटो सत्य पत्ता लगाइदिन आग्रह गरेका छन् । राज्यबाट पटकपटक पीडितहरूलाई झुक्याइएको उनीहरुको गुनासो छ । झण्डै १८/२० वर्ष पछि दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएको सङ्क्रमण कालीन न्याय सम्बन्धी विधेयकका कतिपय प्रावधान पीडितमैत्री नभएको पनि उनीहरुले बताएका छन् । त्यसतै कार्यान्वनमा राज्यले ढिला सुस्ती गरेको गुनासो गरेका छन्।”

कार्यक्रममा सरावल गाउँपालिकाका पूर्व उपाध्यक्ष उत्तामा राय,पिस इन्टरनेसल नेपालका महासचिव बेचु गौड, नागरिक समाजका संयोजक राधेश्याम सैथवार, पूर्व संयोजक सद्दाम हुसेन अन्सारी,विजय जयसवाल, नेपाल जेसिसका राष्ट्रिय कार्यकारी उपाध्यक्ष सन्दिप अग्रहरी लगाएत समूहका पदाधिकारी तथा सदस्यहरु सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

