बिनोद निगम / नवलपरासी , १४ भदौ
पश्चिम नवलपरासी जिल्ला प्रहरीले एकैदिन अदालतबाट दोषी ठहर भई कैद भुक्तानी नगरी फरार रहेका २५ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरेका छन ।
फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत शुक्रबार जिल्ला प्रहरी तथा मातहत प्रहरी कार्यालयहरूबाट प्रहरी टोलीले अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका लुटपाट, लागू औषध,सवारी ज्यान ,जालसाजी, कुट्पिट अङ्गभङ्ग , चेक अनादार लागाएतका मुद्दाका फरार अभियुक्त छन् । २५ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
पक्राउ पर्नेहरुबाट २ बर्ष ८ महिना ५ दिन कैद र रु.२६ हजार ९ सय ४३ रुपैयाँ जरिवाना असुल भएको छ”भने उनीहरुलाई फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत परासी बुझाएको बोहराले बताए ।
अभियान अन्तरगत यस हप्ताको पछिल्लो ५ दिनमा ७९ जना पक्राउ परेको र अभियान निरन्तर रुपमा संचालन हुने जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

