आरपी उपध्याय /नवलपरासी १४ भदौ
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ मा ट्वाइलेटको निर्माणाधीन सेफ्टी ट्याङ्की सफाइ गर्ने क्रममा निस्सासिएर बेहोस भइ तीन व्यक्तिको उपचारको क्रममा आज मृत्यु भएको छ।
निर्माणाधीन सेफ्टी ट्याङ्कीमा काम गर्ने र भित्र रहेको काठ दाउरा झिक्ने क्रममा निस्सासिएर बेहोस भइ उपचारको क्रममा तीन व्यक्तिको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी डिएसपी बेद बहादुर पौडेलले जानकारी दिनुभयो।
निस्सासिएर बेहोसको अवस्थामा खबर पाउनासाथ ईलाका प्रहरी कार्यालयका स.इ. महेश रायमाझी र सशस्त्र प्रहरी बल त्रिवेणी बिओपीका अ.स.इ. पुर्ण थापाको नेतृत्वमा गएको सुरक्षाकर्मीको टोलीले तीन व्यक्तिलाई सेफ्टी ट्याङ्कीबाट तत्काल निकाली उपचारको लागि मेडिकल कलेज भैरहवा पठाउदा उपचारकै क्रममा निधन भएको प्रहरीले बताएको छ।
उपचारको क्रममा निधन हुनेहरुमा विनयी त्रिवेणी ७ वर्ष ३८ को प्रकाश क्षेत्री,सोही ठाउँ बस्ने वर्ष १९ को गणेश बोगटी र बर्दघाट नगरपालिका ७ बस्ने वर्ष २८ को मोहम्मद राजा रहेको बताइएको छ।
मृतकहरुको शवलाई रुपन्देही जिल्ला स्थित भिम अस्पतालमा राखी थप कानुनी प्रक्रियाको लागि पोस्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
निस्सासिएर मृत्यु भएका तीन व्यक्तिको शवलाई थप अन्य कानुनी प्रक्रिया पूरा गरि परिवारजनलाई बुझाउने तयारी रहेको पनि प्रहरीले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

