Rashtriya Dainik

नेपाल आधारभुत विद्यालय प्रसैयाकाे विद्यालय सहयोगीको निधनप्रति शोक सभा

आरपि उपाध्याय / नवलपरासी ,१४ भदौ

पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ अन्तर्गत नेपाल आधारभुत विद्यालय प्रसैयामा लामो समयदेखि कार्यरत विद्यालय सहयोगीको निधन भएकोमा विद्यालय परिवारले भावपुर्ण शोक सभा सम्पन्न गरेको छ।

विद्यालयमा २०४४ सालदेखि अनवरत रुपमा सेवा गर्नु भएका अमर सिंह थापाको विगत भाद्र ९ गते निधन भएको पाचौं पुण्य तिथिका दिनमा शोक सभा सम्पन्न भएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजित कुमार मल्लको अध्यक्षतामा शोक सभा सम्पन्न भएको थियो।

शोक सभामा विद्यालय व्यवस्थापन समिति,शिक्षकअभिभावक संघ,शिक्षक, पुर्व प्रधानाध्यापकहरु,छिमेकी विद्यालयका शिक्षक,अभिभावक र छात्रछात्राहरुको उपस्थिति रहेको प्रधानाध्यापक यम सिंह थापाले जानकारी दिनुभएको छ।


दिवङ्गत हुनु भएका कार्यालय सहयोगी सिंह एक साधारण परिवारमा जन्मेर हुर्केपछी विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्य गर्दै आए यता उहाँ सामजिक क्रियाकलापमा पनि सक्रिय योगदान दिने व्यक्ति रहनु भएको विद्यालयकी सहायक प्रधानाध्यापक लक्ष्मीदेवी काफ्लेले बताउनुभयो।
शोक सभामा पुर्व प्रधानाध्यापक ओम बहादुर सिंह,आर.पि. उपाध्याय लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको विद्यालयले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित