Rashtriya Dainik

नवलपरासी प्रहरीले दुई दिनमा ३३ जना फरार प्रतिवादीहरु पक्राउ

बिनोद निगम / नवलपरासी / १३ भदौ

पश्चिम नवलपरासी प्रहरीले दुई दिनमा अदालतबाट दोषी ठहर भई कैद भुक्तानी नगरी फरार रहेका ३३ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरेका छन ।

फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत मंगलबार र बुधबार जिल्ला प्रहरी तथा मातहत प्रहरी कार्यालयहरूबाट प्रहरी टोलीले अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका विभिन्न मुद्धाका ३३ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिएका छन् ।

प्रहरीले मंगलबार अदालतबाट दोषी ठहर भई कैद भुक्तानी नगरी फरार रहेका १७ जना फरार प्रतिबादीहरुलाई पक्राउ थियो।

पक्राउ पर्नेहरुबाट १३ बर्ष १ महिना १९ दिन कैद र रु.५ लाख ९० हजार ७ सय जरिवाना असुल भएको छ”भने उनीहरुलाई फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत परासीमा बुझाइएको हुन।

त्यस्तै आज बुधबार पक्राउ पर्नेहरुबाट २ वर्ष १ महिना १९ दिन कैद र १ लाख २५ हजार ९ सय ५० रुपैयाँ जरिवाना असुल भएको छ भने उनीहरुलाई फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत परासी बुझाएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले अदालतबाट दोषी ठहर भई कैद भुक्तानी नगरी फरार रहेका १६ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत बुझाएको हुन् । गत आर्थिक वर्षमा प्रहरीले ५ सय ९ जना फरार प्रतिबादीहरु पक्राउ गरेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित